थाइल्याण्डकी राजकुमारी उबलरतना माहिडोलको प्रधानमन्त्री बन्ने सपना अपुरो भएको छ।थाइल्याण्डका ८८ वर्षीय राजा महा बाजिरालङ्कर्नले आफ्नो बहिनी राजकुमारी उबलरतना माहिडोल प्रधानमन्त्री पदको उमेद्वार बन्नु अनुचित भएको प्रतिक्रिया दिएसँगै थाइल्याण्डका अधिकारीहरुले उनको उमेद्वारीलाई आयोग्य ठहर गरिदिएका हुन्।सोमबार थाइल्याण्डको निर्वाचन आयोगले राजतन्त्र राजनीतिभन्दा सँधै माथि रहनुपर्ने भन्दै एक वक्तव्य जारी गरेको छ। जहाँ ६७ वर्षीय राजकुमारी माहिडोलको उमेद्वारी रद्ध गरिएको घोषणा गरिएको छ।

गत शुक्रबार राजकुमारीले राजपरिवारले राजनीति गर्नुहुन्न भन्ने संस्कारलाई तोड्दै प्रधानमन्त्रीको उमेद्वारी दिएकी थिइन्।उनलाई पूर्व प्रधानमन्त्री थाकसिन सिनावात्राको पार्टी थाइराक थाइ पार्टीले आफ्नो उमेद्वारको रुपमा योग्य ठहर गरिसकेको थियो। प्रधानमन्त्री पदको चुनाव यसै मार्च महिनाको २४ तारिखमा हुनेछ।

यस चुनावलाई लोकतन्त्र पुनःस्थापनाको रुपमा समेत हेरिएको छ। ५ वर्षयता थाइल्याण्डक सैनिक शासन जारी छ।सन् १९५१ मा जन्मिएकी माहिडोल पूर्व राजा भूमिबोल अदुल्यदेजकी छोरी हुन्। उनले सन् १९७२ मा अमेरिकी नागरिकसँग विवाह गर्दै, राजपरिवार त्यागिन्।

तीन सन्तानकी आमा उनले सम्बन्ध विच्छेद पश्चात थाइल्याण्ड फर्केर राज परिवारमा फेरी सामेल भइन्। उनका एक सन्तानले सन् २००४ को सुनामीमा ज्यान गुमाएका थिए।थाइल्याण्डमा सेनाले १२ पटक सत्ता आफ्नो हातमा लिएको इतिहास छ। राजतन्त्रलाई वैधानिकता दिइएपनि राजाभन्दा थाइल्याण्डका प्रधानमन्त्री शक्तिशाली छन्। एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।