माघ २८ –अमेरिकी विश्व चर्चित र्‍यापर एमिनेमलाई पछिपार्दै क्यानेडेली र्‍याप गायक अब्रे ड्रेक ग्राहमले ग्रयामी अवार्ड प्राप्त गरेका छन्।

संगीतको सबैभन्दा ठूलो अवार्ड ग्र्यामीको वर्ष उत्कृष्ट र्‍याप गीतमा उनको ‘गड्स प्लान’ बोलको र्याप गीतले ग्र्यामी अवार्ड प्राप्त गर्न सफल भएको हो।

एमिनेम र जोएनर लुकासको र्‍याप गीत ‘लक्कि यु’ समेत वर्ष उत्कृष्ट र्याप गीतमा छनौट भएको थियो। तर ड्रेकको गीत उत्कृष्ट ठहरियो।

ड्रेकको एल्बम ‘स्कोर्रपियोन’ एल्बम अफ दि इयर तथा रकेर्ड अफ दि इयर विधामा समेत समेत छनौट भएको थियो तर अवार्ड भने हात पार्न सकेन्।

लेडी गागालाई ह्याट्रीक

 

यसैबीच लेडी गागाले ग्र्यामीमा ह्याट्रीक गरेकी छन्। उनी तीन विधामा अवार्ड हात पार्न सफल भइन्। ‘बेस्ट पट डुवो’ विधामा लेडी गागा र ब्राड्ली कुपरको ‘साल्लो’ गीतले ग्र्यामी पाएको हो।


‘बेस्ट पप सोलो’मा समेत लेडी गागाले ग्रामी प्राप्त गरिन्। उनको गीत ‘ह्वेर डु यु थिङ्क यु आर गोइङ’ले ग्र्यामी हात पारेको हो। यसैबीच ‘बेस्ट सङ रिटन फर भिजुअल मिडिया’ विधामा समेत लेडी गागाले ग्र्यामी पाइन्।

अन्य ग्र्यामी अवार्ड विजेताको सूची


–सङ अफ दि इएरः चाल्डिस् ग्याम्बिनोको ‘दिस इज अमेरिका’ बोलको गतिले अवार्ड प्राप्त गर्यो

–रेकर्ड अफ दि इयरः चाल्डिस् ग्याम्बिनोको ‘दिस इज अमेरिका’ बोलको गतिले अवार्ड प्राप्त गर्यो

–एल्मब अफ दि इएरः केसी मसगे्रभ्सको ‘गोल्डेन आवर’ एल्बमले अवार्ड प्राप्त गर्यो।

–बेस्ट न्यू आर्टिस्टः डुवा लिपाले अवार्ड पाइन्

–बेस्ट र्याप एल्बमः कार्डि बीको ‘इन्भ्यासन अफ प्राइभेसी’ एल्बमले अवार्ड प्राप्त गर्यो

–बेस्ट पप भोकल एल्बमः एरियाना ग्रान्डीको ‘स्वीटनर एल्बम’
-नेपालखबरबाट
-एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।