ललितपुर  । भैसेपाटीस्थित यति कार्पेट गोदाममा आगलागी भएको छ । कार्पेट गोदाममा आगलागीमा साँढे ४ करोडको क्षति भएको अनुमान गरिएको छ ।

दिउँसो १ बजेर १० मिनेटमा भएको आगोलागीबाट करिब साँढे ४ करोडको क्षति भएको प्रहरीले जनाएको छ । ललितपुर प्रहरी प्रभागका अनुसार यति कार्पेटको गोदाममा आगलागी भएको हो । आगलागी पूर्ण रुपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि ४ वटा दमकल र ५ वटा ट्याङ्करको प्रयोग भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गोदाममा कार्पेट तथा मयाट्रेस राखिएको थियो । आगलागी के कारणले भएको भन्ने यकिन नभइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।