file photo

माघ २७ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले पार्टीको अगामी महाधिवेशनमा सभापतिमा लड्न तयार रहेको बताएका छन् ।

आईतबार नेपाल प्रेस युनियनले गोरखामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले आगामी महाधिवेशनमा सभापति लडन् तयार रहेको बताएका हुन् ।

कांग्रेसको अबको महाधिवेशन पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनु पर्ने बताए । आफू सपभातिमा लड्न तयार रहेको बताउँदै उनले भने, “अरु कसैले आँट गर्नुभएन भने म आँट गर्न तयार छु । तर आगामी महाधिवेशनलाई जसरी पनि पहिलो पुस्ताका नेताले विश्राम लिने महाधिवेशन बनाउनुपर्छ ।”

उनले अब पार्टीका पुराना नेताले अभिभावकको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए । “युवा अब पार्टीको मूल जिम्मेवारीमा आउनुपर्छ भन्नेमा म दृढ छु”, केन्द्रीय सदस्य थापाले भने, “अब पुराना नेतालाई बढो सम्मान दिएर राख्नेछौँ ।”

उनले अब महाधिवेशनलाई दुई-अढाइ वर्ष पछाडि धकेल्दा नहुने बताए । यसले कांग्रेसलाई बलियो नबनाउने उनको भनाइ थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।