हेटौँडा,२७ माघ ।
सिटिभिटिबाट मान्यताप्राप्त हेटौँडाको एकमात्र लिंकेज एकेडेमीमा आज सरस्वती पुजा भब्य तथा विधिवत रुपमा सम्पन्न भएको छ ।
एकेडेमीको १३ औँ वार्षिकोत्सवको अवसर समेत रहेको लिंकेजले हेटौँडामा सिटिभिटबाट मान्यता प्राप्त गर्दै विभिन्न सिपमुलक तालिम तथा जापनिज भाषाकक्षा सञ्चालन गर्दै आएको छ ।

पुजामा हेटौँडा सिमेन्ट उद्योग लिमिटेड सञ्चालक समिति अध्यक्ष रघुरमण न्यौपाने, निर्माण ब्यवसायी संघ मकवानपुरका निवर्तमान अध्यक्ष आनन्दराम पराजुली, विकासको लागि अभियान नेपालका अध्यक्ष सन्तोष पौडेल, मामाघर नेपालका संरक्षक अपर्ण पराजुली, मकवानपुर बहुमुखी क्याक्पस स्ववियु सभापति कुमार केसी, विभिन्न सामुदायिक तथा निजी विद्यालयका प्रमुख तथा प्रतिनिधिहरु लगाएतको उपस्थिती समेत रहेको थियो ।

आफुहरुले सरस्वतिलाई तस्बिरमा मात्र पुजा गर्ने प्रचलनको अन्त्य गर्दै विधिवत रुपमानै पुजा सम्पन्न गरेको लिंकेजका सञ्चालक गिरिजा अधिकारीले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।