सांकेतिक तस्बिर

माघ २७ -सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीका १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरका १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो ।

रेलले किचिएको अवस्था दुवैको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । दुवै वीरगञ्जस्थित रानीघाटमा डेरा गरी बस्दै आएका थिए । उनीहरु वीरगञ्जको पब्लिक कलेजमा कक्षा ११ मा अध्ययनरत थिए । प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले घटनाबारे विस्तृत जानकारी लिने काम भइरहेको बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।