मनहरी,२७ माघ ।
पश्चिम मकवानपुरको मनहरीमा रहेको मनहरी क्योकुसिन कराते डोे मकवानपुर शाखाले पहिलो पटक बेल्ट टेष्ट गरेको छ । विगत केही महिना अगाडी देखि प्रशिक्षण थालेको शाखाले पहिलो पटक बेल्ट टेष्ट गरेको हो ।

टेष्टमा ३ जना खेलाडीहरु डबल प्रोमोशन भएको छ भने २६ जनाले ओरेन्ज बेल्ट प्राप्त गरेका छन् । डबल प्रोमोशन ह्ुने हरुमा रोहण प्रजा, रविना तामाङ र बादल मुक्तान रहेका छन । उनीहरुलाई प्रशिक्षक लवाङ दोर्जे लामा, काठमाण्डौका प्रशिक्षक प्रेम लामाले निर्णायकको भुमिका निर्बाह गरी बेल्ट अपग्रेडका लागि निर्णय लिएका थिए ।

अध्यक्ष उप्रेतीले छाटो समयमै खेलाडीहरुले राम्रो प्रर्दशन गरेको भन्दै खेलाडीहरुको प्रसंशा गरे । आगामी दिनहरुमा पनि खेलाडीहरुले बिभिन्न प्रतियोगितामा सहभागी भई राम्रो नतिजा ल्याउनेमा आफू विश्वस्त रहेको बताए ।

खेलाडी तथा मनहरी डो शाखाका लागि आवश्यक सहयोग गर्न कुनै कन्जयुस्याइँ नहुने उनले बताए । क्युकोसेन कराते डो शाखा मनहरीका प्रशिक्षक लवाङ दार्जे लामाले बिभिन्न समस्याका बावजुत आफूले खेलाडीलार्इ निरन्तर प्रशिक्षण दिइरहेको बताए । बिशेषगरी अहिले प्रशिक्षणको क्रममा चरम आर्थिक अभाब रहेको उनले बताए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।