संकेतिक तस्विर

काठमाण्डौँ,२६ माघ । केही कामको लागि (श्याम थापा र हरि कार्की) नाम परिबर्तन धनकुटा बाट काठमाडौ आएका थिए।। कारण बस प्राविधिक समस्याले काम हुन नसकेपछी शुक्रबार (साझ ५ बज्यो) काठमाडौ मै बस्नु पर्ने भएसी लज खोज्न बागबजार गल्ली गल्ली लम्कन्छ्न।

एक रातको लागि सुत्न पाईने तर खाना नपाईने खानको लागि बाहिरै जानुपर्ने सस्तो सर्तमा बल्ल एउटा कोठा मिल्छ । झोला खाटमा फाल्फै उनीहरु खानाको लागि बाहिर निस्कछन् । काठमाण्डौँमा आइनरहने भएकोले राम्रो खाना खाने ठाउँको बारेमा थापा र कार्कीलाई ज्ञान छैन । उनीहरु खाना खाने होटल खोज्दै रत्नपार्क क्षेत्रमा पुग्छन् । साँझ ७ बजे चिसो हावा चलिरहेको छ । रत्नपार्कको रुखहरुले शुसेली खेलिरहेका छन् । सडकपेटीमा हरिया मकै पोलिरहेको दिदिलाई मकै दिएर फुर्सद छैन । मकै खाने सोचमा हरिले मकैको दाम सोध्छ । एक मकैको २५ भनेपछि उनीहरु मकै नखाने सोचले केहि पर जान्छन् ।

वागबजारको पुलबाट काठमाण्डौँको झलमललाई नियाल्दै गर्दा एक्कासी एकजना अधबैशे महिलाले श्यामलाई भाई भन्दै सम्वोधन गर्छिन् । विरानो काठमाण्डौँमा एक्कासी कोहि महिलाले भाई भनेपछि श्याम झस्कन्छ र ति महिलालाई पुलुक्क हेर्छ । ति महिलाले हसिलो हुँदै जाने हो भाई भन्छिन,श्याम अलमल्ल पर्छ । श्याम अलमल्ल हुन्छ, महिलाले फेरि जाने भए जाउँ भनेपछि श्याले नजाने भन्दै पन्छिन्छ । उनीहरु वागबजार पुलबाट ओर्लन नपाउँदै एकजना स्कुटरमा रहेकी महिलाले फेरि उहि प्रश्न गरेपछि उनीहरु दंग पर्छन । बोल्ने समेत आँट हुँदैन् । रत्नपार्क क्षेत्र काठमाण्डौँको यौन ब्यवसायको लागि कुख्यात छ । यहा साँझपरेपछि यौन ब्यपारको मोलमोलाई हुन्छ । जग्गामा जस्तै यहा केहि दलालहरु समेत खटिन्छन । श्याम र हरिको यो घटना प्रतिनिधिमात्र हो । यहा हरेक दिन दर्जनौ श्याम र हरिले उक्त प्रश्नको सामना गर्नुपर्छ । श्याम र हरि मात्र हैन यहा उभिएर कशैको प्रतिक्षा गर्नुपर्ने महिलालाई समेत समस्या हुने गरेको छ । केहि कामले उभिएको महिलाला समेत पुरुषहरुको मोलमोलाईको शिकार हुने गरेको छ । अझ आजकल साईनो लगाएर भाई भन्ने अनि यौन ब्यापारको लागि प्रस्ताव गर्ने क्रियाकलाप हुने गरेको छ । रत्नपार्क क्षेत्र, वसपार्क क्षेत्रमा खुलम्खुल्ला यौन ब्यवसायको कारोबार हुँदा समेत प्रशासनले केहि गर्न सकेको छैन् ।

परिवारको साथमा हिडेको समायमा समेत यस्ता प्रश्नहरुले लाजोमर्दो हुनेगरेको हेटौँडाबाट काठमाण्डौँमा ब्यवसाय गर्दै आएका कृष्णबहादुर राउत बताउछन् । उनी भन्छन ‘ म सानो छोराछोरीसँग उक्त बाटो हिड्दा कयौपटक मोलमलाई सुनेको छु, जस्को कारण वालवालिकाहरुलाई समेत असर पर्ने गरेको छ ।’ रत्नपार्क क्षेत्रमा मकै भुटेर ब्यवसाय गर्दै आएका चितवनका रत्नबहादुर केसी भन्छन ‘ हाम्रो लागि त यस्तो कुरा सुन्नु सामान्य भैसक्यो । यहा आउने ब्यक्तिहरु को यौन ब्यवसायी हो हामी हेरेर नै थाहा पाउछौ । यहा घण्टा देखि एक दिनसम्मको लागि मोलमोलाई हुन्छ । आजकल लाज भन्ने चिजनै हटिसक्यो यहा ।’


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।