तस्बीर गुगल

मानव शरीरको संरचना अचम्मको हुन्छ जसलाई जोकोहीले बुझ्नै सक्दैन । शरीरमा भएका अनेकौं जादूयी शक्तिका बारेमा हामी अनजान नै छौं । यहाँ हामी यस्तै केही आश्चर्यलाग्दा शक्तिको बारेमा कुरा गर्दैछौं ।

बच्चाको सुपरपावर
हामीहरू बच्चाबच्चीलाई अज्ञानी ठान्छौं तर उनीहरूको शरीरमा वयस्क व्यक्तिभन्दा पनि धेरै जादूयी शक्ति हुन्छ । वयस्क व्यक्तिले अन्य व्यक्तिको अनुहारको भिन्नता छुट्ट्याउन सक्छ, त्यसैगरी बच्चाहरूले बाँदरहरूको फरक अनुहार छुट्ट्याउन सक्छन् ।

शरीरले बताइदिन्छ मौसमको हाल
केही व्यक्तिको शरीरमा भएको अनौठो शक्तिका कारण खराब मौसम, तूफान र वर्षाको सम्भावना पहिल्यै महसूस हुन्छ । मौसम बिग्रनुअघि उनीहरूको घुँडा दुख्ने, माइग्रेन हुने र शरीरका अंगमा पीडा हुने समस्या आउँछ ।

क्यान्सर हटाउने क्षमता
प्रतिदिन हाम्रो शरीरमा लाखौं करोडौं कोशिकाहरू नष्ट हुन्छन् र तीमध्ये कैयौं कोशिका क्यान्सरबाट प्रभावित हुन्छन् । हाम्रो शरीरले त्यस्ता कोशिकालाई आफैं ठकि गरिदिन्छ । भनाइको मतलब, हाम्रो शरीर प्रत्येक दिन क्यान्सरसँग लडाईं गरिबस्छ ।

कोशिका निर्माण
हाम्रो शरीरले प्रतिदिन करीब १० करोड कोशिका नष्ट गर्छ र यसरी कोशिका नष्ट हुँदै गएमा केही दिनमै हाम्रो मृत्यु हुन्छ । तर हाम्रो शरीरले बाँचिराख्नका लागि प्रत्येक दिन करीब ३०० अर्ब नयाँ कोशिका बनाउँछ ।

अद्भुत दिमागी क्षमता
हाम्रो दिमागमा साइनेप्सेज हुन्छन् र यिनीहरूको संख्या ब्रह्माण्डमा विद्यमान ताराहरूभन्दा धेरै हुन्छ । अन्तरिक्षमा ४०० अर्ब तारा छन् र यस हिसाबमा हाम्रो दिमागले हरेक सेकेन्डमा दुई करोड अर्बको गणना गर्न सक्छ ।

बच्चाको छाला
बच्चाको छाला यति छिट्टो बढ्छ कि यसबाट पूर्ण रूपमा डढेको व्यक्तिको पनि उपचार गर्न सकिन्छ ।

एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।