अभिनेत्री अनुष्का शर्मा यतिबेला सामाजिक सञ्जालमा छाइरहेकी छिन । अनुष्काको यसरी चर्चा हुनुको कारण उनको अभिनय वा फिल्मका कारण नभई उनीजस्तै देखिने अर्की महिलाका कारण चर्चामा छिन् ।

अमेरिकाकी गायिका जूलिया माइकल्स र अनुष्का शर्मा हुबहु देखिएपछि उनीहरु जुम्ल्याहा रहेको भन्दै सामाजिक सञ्जाल प्रयोग कर्ताले उनीहरुको तस्बिर सेयर गरिरहेका छन ।

यसरी आफूलाई अनुष्का शर्मा जस्तै देखिने भन्दै सामाजिक सञ्जालमा चर्चा भएपछि स्वयम् जुलिया माइकल्सले ट्विटरमा अनुष्का र आफ्नो फोटो सेयर गरेर ‘अनुष्का शर्मा हामी दुई जुम्ल्याहा’ भन्दै अनुष्का शर्मालाई मेन्सन गरिन्।

जुलिया आफैले अनुष्कासँगको तस्बिर सेयर गरेपछि अनुष्का शर्माले पनि जुलियालाई प्रतिक्रिया दिएकी छिन् । अनुष्काले लेखेकी छिन्, ‘हो म जीवनभरि तिमी अनि हाम्रा पाँच जना अनुहार मिल्नेहरुलाई खोजी राखेकी थिएँ ।’

अनुष्का शर्मा बलिउड फिल्म उद्योगमा अभिनयमार्फत दर्शकहरुबीच चर्चित छिन् । उनी जस्तै देखिने जुलिया माइकल्स पनि हलिउडमा गीत गाउनुका साथै लेख्ने पनि गर्छिन् । साथै उनी ग्रामी अवार्डमा उत्कृष्ट गायिकाको रुपमा नोमिनेशनमा परेकी थिइन् ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।