हेटौँडा,२४ माघ ।
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले हाल नेपालभर प्रर्दशन भैरहेको नेपाली चलचित्र “ सय कडा दश ” युवाहरुले हेर्नै पर्ने चलचित्र भएको बताएका छन् ।


हेटौँडाको एन एस सिनेमा हलमा आज चलचित्र हेरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री पौडेलले यो चलचित्रले नेपालमा ब्याप्त भ्रष्ट्राचारको चित्रण गरेको बताए । नेपाल सरकार तथा प्रदेश नंबर ३ सरकार समेत भ्रष्ट्राचार न्युनिकरणमा लागेको भन्दै चलचित्रको माध्यमबाट समाज सुधारको अभियानमा लागेकोमा चलचित्र युनिटलाई धन्यवाद समेत दिए ।


चलचित्रको विषयमा बोल्दै प्रदेश नंबर ३ की सांसद मुनु सिग्देलले चलचित्रले नेपाली समाजमा ब्याप्त भ्रष्ट्राचार र त्यसले समाजमा पारेको प्रभावको विषयमा गम्भिर ढंगबाट उठान गरेको बताईन् ।

चलचित्र हेरेपछि अख्तिया अनुसन्धान आयोगका पुर्व आयुक्त वासुदेब लामिछानेले चलचित्रले कर्मचारीहरुमा ब्याप्त भ्रष्ट्राचारको चित्रण गरेको बताए । चलचित्रको माध्यमबाट आम युवामा राम्रो सन्देश दिएको समेत उनले बताए ।


चलचित्रको विषयमा प्रतिक्रिया दिँदै नेपाल पत्रकार महासंघ प्रदेश नंबर ३ का अध्यक्ष प्रताप विष्टले चलचित्रले गहन विषयबस्तु उठान गरेको बताए । नेपालको भएको ब्याप्त कुरिति तथा भ्रष्ट्राचारको विषयलाई शसक्त ढंगले उठान भएको उनको भनाई रहेको थियो ।


हेटौँडामा चलचित्रको थप प्रमोसनको लागि चलचित्रका कलाकार मनोज गजुरेल, उत्सव न्यौपाने सहित चलचित्रकी निर्माता रज्जु प्रधान, उत्तम खत्रि, निर्देशक रामशरण पाठक लगाएतको उपस्थिती रहेको थियो ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।