माघ २४- नेपाल राष्ट्र बैङ्कले बिहीबार रु पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ ।

बैङ्कले एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा बैंकले रिपो र ट्रेजरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ ।

आज बोलकबोलबाट बिक्री हुन लागेको रु पाँच अर्ब बराबरको रिपो एक साताका लागि हुने छ । सो रिपोको अवधि आगामी फागुन २ गतेसम्मका लागि हुनेछ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।