file photo

रणवीर कपूर र दीपिका पादुकोणको जोडी बलिउडमा हिट जोडीमध्ये एक हो । उनीहरूले थुप्रै हिट फिल्ममा खेलेका छन् । वास्तविक जीवनमा ब्रेकअप भएपछि पनि दुवैले प्रोफेसनल दृष्टिकोण अपनाउँदै फिल्ममा सँगै काम गरे ।यो अनस्क्रीन जोडीका प्रशंसकहरूका लागि खुशीको खबर आएको छ । उनीहरू फेरि एकपटक फिल्ममा सँगै काम गर्नेछन् ।

रिपोर्टअनुसार, रणवीर र दीपिका एउटा ब्रान्डका लागि विज्ञापन शूटिङ गरिरहेका छन् । यो कुन ब्रान्ड हो र यसको थिम के हुनेछ भन्ने जानकारी सार्वजनिक गरिएको छैन । दुवैजनाका तर्फबाट आधिकारिक बयान पनि आएको छैन ।

रणवीर कपूर अहिले ब्रह्मास्त्र फिल्मको शूटिङमा व्यस्त छन् भने दीपिका छिट्टै मेघना गुलजारको फिल्म छपाकमा देखिनेछिन् । एजेन्सी


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।