file photo

विश्वमा अहिलेकै अवस्थामा हरित गृह ग्यास उत्सर्जन भइरहने हो भने सन् २१०० सम्म हिन्दुकुश हिमालयको दुई तिहाइ हिउँ पग्लने चेतावनी वैज्ञानिकहरूले दिएका छन्।

शताब्दीको अन्त्यतिर विश्वको औसत तापक्रम वृद्धि १ दशमलव ५ डिग्री सेल्सियस पुग्ने हो भने पनि यस क्षेत्रको एक तिहाइ हिउँ पग्लने बताइएको हो। गोविन्द पोखरेलले लेखेको यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ।

पाँच वर्ष लगाएर २२ मुलुकका विभिन्न १ सय ८५ संस्थाका ३ सय ५० जना अनुसन्धानकर्ता र विज्ञले तयार गरेको ६ सय २५ पृष्ठ लामो ‘द हिन्दुकुश हिमालय एसेस्मेन्ट–माउन्टेन, क्लाइमेट चेन्ज, सस्टेनएबिलिटी एन्ड पिपल’ प्रतिवेदन सार्वजनिक गर्दै अन्तर्राष्ट्रिय एकीककृत विकास केन्द्र (इसिमोड) ले यस्तो चेतावनी दिएको हो।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।