हेटौँडा,२० माघ ।
आउँदो माघ २२ गते पर्ने २८५५ औँ सोनामा ल्होछारको अवसरमा प्रदेश नंबर ३ सरकारले सार्वजनिक विदा दिएको छ । आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति निकालेर विदा बारे जानकारी दिएको हो ।

तामाङ जातीको वाहुल्यता रहेको प्रदेश नंबर ३ मा तामाङहरुको महत्वपूर्ण पर्वको रुपमा रहेको ल्होछारको अवसरमा सार्वजनिक विदा दिएको हो । गत माघ ९ गतेको मन्त्रीपरिषदको बैठकले विदा दिने निर्णय भएको हो ।

ल्होछारको अवसरमा विदा दिनुपर्ने भन्दै नेपाल तामाङ घेदुङ संघ सहितका संघसस्थाले मुख्यमन्त्री डोरमणी पौडेललाई ज्ञापनपत्र समेत बुझाएका थिए । उनीहरुले गणतन्त्र नेपालमा सबै जातधर्मलाई सम्मान हुनुपर्ने र उनीहरुको महत्वपूर्ण चाडपर्वलाई राज्यले सम्मान गर्नुपर्ने माग समेत राखेका थिए ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।