तस्बीर गुगल

२९ पुस ।  स्‍नातकोत्तर तहमा सर्वोत्कृष्ट अंक ल्याएका विद्यार्थीलाई दिइने विद्याभूषण पदक तथा अन्य पुरस्कारमा त्रिभुवन विश्वविद्यालयले मनपरी गरेको छ। वार्षिक र सेमेस्टर प्रणाली पढेकालाई एकै डालोमा राखेर पदक पाउने विद्यार्थी छानिएको छ। त्यसो गर्नु गलत भएको जानकारहरुको भनाइ छ। किनभने यी दुई प्रणालीमा पढाउने र नम्बर दिने शैली फरक छन्।

त्रिविअन्तर्गत स्‍नातकोत्तर तहमा २०७२ सालसम्म वार्षिक प्रणालीबाट मात्र पढाइ हुन्थ्यो। त्यही वर्षदेखि केही क्याम्पसमा सेमेस्टर र केहीमा वार्षिक प्रणालीबाट पढाइ भइरहेको छ। यो वर्षदेखि सबै क्याम्पसमा सेमेस्टर प्रणाली लागू गरिएको छ। गत शैक्षिक सत्रमा भौतिक संरचना र पर्याप्त शिक्षक भएका क्याम्पसमा सेमेस्टर र संरचना पर्याप्त नभएका क्याम्पसमा वार्षिक प्रणालीबाटै पढाइ भएको थियो। अन्नपुर्णपोस्टमा खबर छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।