तस्बीर : खबरब्रेक

पुस २९ –मघेसंक्रान्ति नजिकिएसँगै रौतहटमा मिठा र तिलको मुल्य एक्कासी बढेको छ । नजिक्दै गएको माघे संक्रान्तिका कारण रौतहटको बजारहरुमा मिठा र तिलको मूल्य दोब्बरले वृद्धि भएको छ ।

अन्य दिनमा मिठाको मुल्य प्रति किलो रु ४० देखि ५० रुपैया रहेकोमा अहिले प्रतिकेजी मिठाको मूल्य ८० देखि ९० रुपैयासम्म पुगेको छ । त्यस्तै पहिला प्रतिकिलो तिलको मुल्य ५० देखी ६० रुपैयासम्मा विक्रि हुदैआएको तिल अहिले प्रति किलो एक सय रुपैयाभन्दा बढीमा विक्रि भईरहेका छ । पर्वको बेला मिठा र तिलको मुल्य एक्कासी आकासिएपछि उपभोक्ताहरु मारमा परेका छन् ।

माघे संक्रान्तिका दिन तराईका जिल्लाहरुमा मिठाबाट बनाईने तिल, जनेरा, मुरी, चिउरा लगाएतका लडु बनाएर खाने चल्न छ । लडु बनाउनको लागि मिठाको आवश्यक्ता धेरै पर्छ तर मिठाकै मुल्य दोब्बबरले वृद्धि भएपछि याहाँका सर्वसाधारण उपभोक्ताहरु चर्को मुल्य तिरेर मिठा खरिद गर्न बाध्य भएको उपभोक्ताहरु बताएका छन । जिल्लाको गरुडा, गौर, कटहरिया, समनपुर लगाएतका बजारहरुमा व्यापारीहरुले मनलाग्दी भाउँमा मिठा र तिल विक्रि गर्दा समेत यसतर्फ सम्बन्धित निकायको ध्यान जान सकेको छैन ।

पर्वको लागि जसरी भएपनि मिठा र तिल चाहिन्छ तर यी दुबै सामानको भाउँ दोब्बरले वृद्धि हुदाँ किन्नै समस्या भएकोलो यसलाई नियन्त्रण गरिदिनको लागि उपभोक्ताहरुले सम्बन्धित निकायसँग माग गरेका छन ।

रुपेन्द्र पटेल
रुपेन्द्र पटेल
[email protected]
रौतहट, खबरब्रेक संवाददाता