तस्वीर गुगल

पुस २९-रुपन्देहीको भैरहवामा प्रहरी र तस्कर समूहबीच गोली हानाहान भएको छ । प्रहरीको जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको छ । सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार तस्करको समूहले गोली हाने प्रहरीको दाबी छ ।

गस्तीमा खटिएको प्रहरी टोलीमाथि अकस्मात् गोली प्रहार भएपछि जवाफी कारबाहीमा स्वरुप गोली प्रहार गर्दा तस्करको मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ । करिब ३५ वर्षका तस्करले प्रहरीमाथि गोली चलाएपछि जवाफी कारबाही गरिएको हो ।

प्रहरीको जवाफी कारबाहीमा घाइते भएका उनलाई अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो। मृतक भारतीय नागरिक हुनसक्ने प्रहरीको अनुमान छ। घटना शनिबार राती १२ बजेतिर भएको हो ।
लोकान्तरबाट

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।