अमेरिकी प्रविधि कम्पनी एप्पलले सन् २०१९ मा तीनओटा नयाा आईफोन सार्वजनिक गर्ने तयारी गरेको छ । जसमध्ये एउटा आईफोनमा ट्रिपल क्यामेरा रहने बताइएको छ । यो मोडल आईफोनको कम मूल्यको एलसीडी मोडल हुनेछ ।

स्ट्रिट जर्नलकाअनुसार आईफोन एक्सआरको कमजोर व्यापारपछि पनि कम्पनीले एलसीडी आईफोन ल्याउने तयारी गरेको हो । त्यसका साथै दुई प्रिमियम मोडल पनि सार्वजनिक गरिनेछ । यी दुई मोडलहरु आईफोन एक्सएसको आगामी दुई रेन्ज हुनेछन् ।

आफ्ना प्रतिस्पर्धी कम्पनीहरुलाई चुनौती दिन आगामी आईफोनमा पहिलोपटक ट्रिपल क्यामेरा भएको आईफोन ल्याउन लागेको हो । त्यसका साथै एलसीडी आईफोनलाई अपग्रेड गर्न सकिने बताइएको छ ।

प्रतिवेदनमा बताइए अनुसार एप्पलले सन् २०२० मा एलसीडी विकल्प भने हटाउने भएको छ । २०२० मा एप्पलका ओएलईडी आईफोन मात्र आउने बताइएको छ ।

एक अर्को प्रतिवेदनअनुसार क्यामेराको प्रणालीमा लङ डिस्डेन्स टाइम अफ फ्लाइट ९टीओएफ० टेक्नोलोजी विकासको लागि पनि एप्पल काम गरिरहेको छ । यो फिचरको प्रयोग सुरक्षा गेमिङ र एग्युमेन्ट रियालिटीको लागि प्रयोग गर्न सकिन्छ । नयाँ आईफोनको नाम आईफोन एक्सआई रहनसक्ने बताइएको छ । अहिले नयाँ आईफोन निर्माणको काम चलिरहेको छ ।
एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।