हेटौँडा,२८ पुस ।
प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश नंबर ३ कुद्न चाहेको बताएका छन् । युवा संघ तथा वाईसिएल मकवानपुरको आयोजनामा आज हेटौँडामा भएको बृहत युवा भेला कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कुदने बाटोमा ब्यवधान भएको बताए ।
उनले भने “म तपाईहरुलाई आग्रह गर्न चाहान्छौ, हामी सरकारमा गएको १० महिना भयो, हामी सय किलोमिटरको स्पिडमा दौडन चाहान्छौ, यो तीन नंबरको सरकार बस्न चाहादैन, हामी कुदन चाहान्छौ तर त्यो कुदने बाटोमा ढुंगाहरुछन, वाधा छन, ब्यवधान छन्, काडा लगाईएका छन, पर्खाल लगाईएका छन, कुदनलाई गारो छ , स्पिड जतिसुकै बढाउन खोजेपनि ति स्पिड ब्रेकरहरुले हाम्रो स्पिडलाई रोकिदिएको छ अहिले हामी त्यो अवस्थामा छौ ।”

कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमलाई प्रदेशतहबाट कसरी अघि बढाउने भन्ने छलफलमा रहेको भन्दै उनले यो दश महिनामा कानुन निर्माणको काम भएको बताए ।
यो देशको लागि तथा सबै युवाहरुको लागि आफुले दिनको १८ घण्टा काम गर्ने गरेको उनले बताए । सबैको साथमा देश विकास हुने भन्दै उनले सबैको साथ भए सुखि नेपाली तथा समृद्ध नेपाल बन्ने बताए ।
हाम्रो प्रत्येक कामले समृद्ध नेपाल बनाउने काममा इटा थप्ने काम हुनुपर्ने भन्दै उनले बेरोजगार समस्याको हल गर्ने काममा प्रदेशसरकार गम्भिर रहेको बताए ।

वाईसिएल नेपालको मकवानपुर अध्यक्ष सुमन पाख्रिनको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका प्रतिनिधिसभा सांसद विरोध खतिवडा, राष्ट्रियसभा सांसद रामचन्द्र राई, रामनारायण विडारी, प्रदेश नंबर ३ का सांसद प्रेमबहादुर पुलामी, जुनेली श्रेष्ठ, ओम घलान सहित पुर्व सांसदहरु, नेकपाका प्रदेश तथा जिल्ला नेताहरु, युवा संघ तथा वाईसिएलका केन्द्र तथा जिल्ला नेताहरुको आतिथ्यता रहेको थियो ।
संयुक्त कार्यक्रमले पार्टी एकताको पछि देखिएको अन्योलतालाई चिरेको तथा युवाहरुबिच काम गर्ने जोसजाँगरको बृद्धि गरेको युवा संघ मकवानपुरका अध्यक्ष सन्तोष चौँलागाईले बताए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।