file photo

सिरहामा अवैध सुनसहित शनिबार बिहान प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत घुर्मीखोला भन्ने ठाउँबाट २ किलो सुनसहित प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

विशेष सूचनाका आधारमा प्रहरीले सुन गोलबजार र मिर्चैया नगरपालिको सीमाबाट भारतीय नम्बर प्लेटको स्कारपियोसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

एसपी सोमबहादुर गुरुङको टोलीले नियन्त्रणमा लिएको उनीहरूलाई आजै पत्रकार सम्मेलन गरेर घटनाबारे विस्तृत जानकारी दिने प्रहरीले जनाएको छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।