हेटौँडा,२८ पुस ।
नेकपाकी केन्द्रीय सदस्य तथा प्रदेश नंबर ३ की सांसद कुमारी मोक्तनले नेकपाको दायित्व सहिदको सपना पुरा गर्नु रहेको बताएकी छिन् ।
आज शहिद रुद्रबहादुर पाख्रिनको १६ स्मृति दिवसमा मकवानपुर गढीमा रहेको रुद्र वाटिकामा भएको कार्यक्रममा बोल्दै सांसद मोक्ताने अब आफुहरुले पाख्रिन सहति नेपालको परिर्तनको लागि सहिद भएकाहरुको सपना पुरा गर्ने समय आएको बताइन् ।
श्रद्धाजली सभामा बोल्दै सांसद मोक्तानले पार्कलाई प्रदेश सरकारले १ करोड बजेट विनियोजन गरेकाले अब पर्यटकिय स्थलको रुपमा विकास गर्नुपर्ने बताइन् ।

कार्यक्रममा प्रदेश ३ सांसद मुनु सिग्देल, प्रेम बहादुर पुलामी,गढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, नेकपा मकवानपुरका नेता बद्री लम्साल, वडा अध्यक्षहरु, पार्टीका नेताहरु र स्थानियहरुको सहभागिता रहेको थियो । पार्कका अध्यक्ष आशा नेपालीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
२०५९ पुस २८ गते तत्कालिन छतिवन गाविस वडा नंबर ६ मा शाहि सेनाले उनको हत्या गरेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।