हेटौँडा,२८ पुस ।
मकवानपुरका सञ्चारकर्मी मनोहर ढकालको मृत्युबारे गहन अनुसन्धान भैरहेको मकवानपुर प्रहरीले जनाएको छ ।
खबरब्रेकसँग कुरा गर्दै घटनाको अनुसन्धानमा खटिएका प्रहरी निरिक्षक मधुकुमार थापाले घटना हेर्दा हत्या भएको जस्तो देखिने भएको भएपनि दुर्घटना पनि हुनसक्ने समेत बताए ।

उनले भने “हामीले दिनरात नभनी उक्त घटनाको विषयमा गहन अध्ययन तथा अनुसन्धान गरिरहेका छौ । हामीले घटनास्थलमा डेमो समेत गरिसकेका छौ, घटना हेर्दा हत्या जस्तो देखिएपनि दुर्घटनाकै पनि उत्तिकै संभावना छ ।”
घटना दुर्घटना या हत्या जे भएपनि उनी त्यहा किन पुगे भन्ने प्रश्न मुख्य विषय भएको भन्दै उनले आफहरुको टोली उक्त तथ्य पत्तालगाउन दिनरात नभनी काम गरिरहेको बताए ।

घटनाको कल डिटेल सहितको अन्य विषयमा समेत गहन अध्ययन भएको भन्दै उनले अनुसन्धानको क्रममा भएको कारण सबैकुरा अहिलेनै भन्न नमिल्ने समेत थापाले बताए ।

गत पुस २५ गते साँझ हेटौँडा उपमहानगरपालिका वडा नंबर १ भैरवडाँडामा उनको शंकास्पद मृत्यु भएको थियो । घटनास्थलमा उनको मोटरसाईकल लडेको अवस्थामा थियो भने मोटरसाईकलभन्दा केहि तल उनको शव फेला परेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।