भीमफेदी २८ पुस ।

भीमफेदी गाउँपालिका प्राथमिक स्वास्थ्य केन्द्रको ब्यबस्थापन तथा रोटरी क्लब अफ कान्तीपुर काठमाण्डौको आयोजनामा भीमफेदी गाउँपालिकामा स्वास्थ्य शिबिर सञ्चालन भएको छ ।
स्वास्थ्य शिबिरमा २ सय २१ जनाले सेवा लिएका छन् । शिबिरमा बाल रोग, स्वास प्रस्वास ,मधुमेहलगाएकाते रोगहरुको परिक्षण गरिएको थियो ।
भीमफेदी गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष तथा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालक समिति अध्यक्ष सिताराम थापाको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लबका अध्यक्ष प्रभाकर थापाको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा रोटरी क्लब अफ कान्तीपुर काठमाण्डौका पदाधिकारी तथा इनर ह्विल रोटेरीयन कार्यक्रम संयोजक समाज सेबि माधबदास श्रेष्ठ , प्रचार प्रसार संयोजक सुरेन्द्र राज थीकेको उपस्थिती रहेको थियो ।
निशुल्क स्वास्थ्य शिबिरमा काठमाण्डौका चिकित्सक जनरल फिजिसियन डाक्टर बिशाल ढकाल,बाल रोग बिशेषज्ञ डा. रोनी महर्जन,स्त्रि रोग बिशेषज्ञ डा. ममता योञ्जन,मेडिकल अधिकृत डा.प्रबेश भट्ट तथा प्राथमीक स्वास्थ्य केन्द्र भीमफेदीका मेडिकल अधिकृत डा. अमर दिप मण्डल रहेका थिए ।
भीमफेदी गाउंपालीका वडानं. ५ का वडा अध्यक्ष जहारसिंहं लामाले निशुल्क शिबिरमा बिपन्न परीवारका बिमारी लाइ उच्च प्राथमिकता का साथ उपचारमा सहयोग पुर्याउन अनुरोध सहित प्राथमीक स्वास्थ्य केन्द्र ले आजै बाट एक्सरे सेवा संचालनमा ल्याएकोमा धन्यबाद ब्यक्त गरे । निशुल्क स्वास्थ्य शिबिरको लागी आबश्यक औषधि सहयोग गरेका डा. दम्पती रमेश मल्ल तथा बिमला मल्ल र आपतकालीन सर्जिकल सामान सहयोग गर्नु हुने डा. डिना श्रेष्ठ लाइ धन्यबाद ज्ञापन गरीएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।