हेटौँडा,२८ पुस ।
बस्तीपुर जेसिजको सन २०१९ को अध्यक्षमा सुनिल अधिकारी निर्विरोध निर्वाचित भएका छन् ।  आज भएको आठौँ वार्षिक साधरणसभाले अधिकारीलाई निर्विरोध चयन गरेको हो ।

तर कार्यकारी उपाध्यक्षमा भने निर्वाचन भएको थियो । जसमा प्रकाश थोकर र विदुर थापा विजयी भए भने रविन ढकाल पराजित भए ।
उपाध्यक्षमा रघुनाथ खतिवडा, अमृत पाठक, तेजप्रसाद उप्रेती, शिवराज उप्रेती निर्विरोध भए ।

जेसिजका सन २०१८ का अध्यक्ष राममणी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष गणेश भेटवाल, वडा नंबर १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, बस्तीपुर जेसिजका सल्लाहाकार कविन सांगामी लगाएतको आतिथ्यता रहेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।