नेपाल प्रहरीको सिपाहीमा भर्नाका लागि सुर्खेतबाट आएका एक युवाको हत्या भएको छ ।

सुर्खेतको सिम्ता गाउँपालिका काफलकोटका २२ वर्षीय दिपकसिंह ठकुरीको शनिबार बिहान बाँकेको कोहलपुर नगरपालिका–११, नयाँ बसपार्क पछाडि घाँटी रेटी हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

प्रहरीमा भर्ना हुनका लागि ठकुरी केही दिनअघिदेखि कोहलपुरमा रहेको आफन्तको घरमा बस्दै आउनुभएको थियो । शुक्रबार साँझ घरबाट निस्केका उहाँको शनिबार बिहान शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीले तालिमप्राप्त कुकुरको सहयोगमा अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।