हेटौँडा,२८ पुस ।
समृद्ध नेपालको लागि नयाँ पाईलाको आयोजनामा हेटौँडामा स्वास्थ्य शिबिर सम्पन्न भएको छ । आज हेटौँडाको हुप्र खेल मैदानमा भएको शिविरमा एक हजार जनाले सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा आएकाहरुलाई सुगर तथा प्रेसरको रोगको परिक्षण गरिएको थियो । नयाँ पाईलले गरेको कार्यक्रममा ग्लोबल सर्जिकलले संयोजन गरेको थियो ।

कार्यक्रमले सुगर तथा प्रेसरको जाँच गर्न समेत आर्थिक अभाव भएकाहरुलाई समेत सहयोग गरेको नयाँ पाईलाको स्वास्थ्य संयोजक अनिल उप्रेतीले बताए । स्वास्थ्य शिविरमा आज जाँच गराउनेहरुको लागि ग्लोबल सर्जिकलले सुगर जाँच गर्ने किटमा समेत छुट दिइने ग्लोबल सर्जिकल हेटौँडाका राजन सञ्जेलले बताए ।
कार्यक्रममा कन्ट्रोल डि कम्पनीका नेपाल उपाध्यक्ष जितेन्द्र राव, नयाँ पाईलाका जिल्ला अध्यक्ष श्रमन सुनार, संरक्षक रिपेश दाहाल लगाएतको आतिथ्यता रहेको थियो ।
नयाँ पाइलाको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।