हेटौंडा,२८ पुस ।
आँचल साहित्य कला पुञ्जको छैठौं वार्षिकोत्सव तथा तेस्रो साधारणसभाका अवसरमा साहित्यकार तथा पत्रकारलाई अभिनन्दन र सम्मान गरेको छ ।
संस्थाको आज हेटौंडामा भएको कार्यक्रममा वरिष्ठ साहित्यकार तुल्सी थापा अभिनन्दन गरेको छ । साहित्यिक क्षेत्रमा पु¥याएको योगदानको उच्च कदर संस्थाले अभिनन्दन गरेको जनाएको छ । उनलाई दोसल्ला र अभिनन्दन पत्र प्रदान गरिएको थियो ।

यसैगरी संस्थाले बालकुमारी–जगन्नाथ भेटवाल स्मृति सम्मान–२०७५ बाट साहित्यकार रुकु कार्कीलाई सम्मानित गरिएको छ । उनलाई सम्मानपत्रसहित नगद १० हजार प्रदान गरिएको हो । उक्त सम्मान समाजसेवी हरिवंश भेटवालले मातापिताको स्मृतिमा स्थापना गरेका हुन् । उनले आँचल साहित्यमा अक्षयकोष खडा गरिदिएका छन् । जसको ब्याजले वर्षेनी एकजना साहित्यकारलाई सम्मान गर्ने गरिएको छ ।
यस्तै, प्रतिभा पुरस्कार–२०७५ बाट महाकाव्यकार बुनु लामिछाने सम्मनित भएकी छिन् । प्रतिभा तिवारीले आफ्नै नाममा यसवर्ष देखि यो सम्मान स्थापना गरेकी हुन् । सम्मानपत्रसहित १० हजार रुपैयाबाट सम्मानित गरिएको हो । उनले पनि आँचलमा अक्षयकोष स्थापना गरेर त्यसको ब्याजले प्रत्येक वर्ष एकजना साहित्यकारलाई सम्मान गर्ने जनाइएको छ । यसको संयोजन साहित्यकार तथा आँचलको संस्थापक अध्यक्ष मुनु अर्यालय रहेकी छिन् ।

कार्यक्रममा ईश्वर लम्साल पत्रकारिता सम्मान–२०७५बाट वरिष्ठ पत्रकार कौशल पाण्डेलाई सम्मानित गरिएको छ । उनलाई सम्मानपत्रसहित ५ हजार ५ सय ५५ रुपैयाँ मार्फत् सम्मान गरिएको हो । यो सम्मान छोरा प्रकाश लम्साल र बुहारी अप्सरा तिम्सिनाले स्थापना गरेका हुन् । प्रत्येक वर्ष संस्थाको साधारणसभाका दिन उक्त सम्मानबाट एक जना पत्रकारलाई सम्मानित गर्ने जनाइएको छ ।
कार्यक्रममा अभिनन्दित वरिष्ठ साहित्यकार तुल्सी थापाको व्यक्तित्व, साहित्यिक पाटोमाथि साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमिष निखिल, वरिष्ठ पत्रकार कौशल पाण्डेका बारेमा साहित्यकार, पत्रकार नवराज शर्माले बोलेका थिए । यस्तै महाकाव्यकार बुनु लामिछानेको बारेमा भावन सापकोटा तथा रुकु कार्कीको बारेमा ह्यग्रिव आचार्यले प्रकाश पारेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश ३ का सांसद कुमारी मोक्तानले अभिनन्दन पत्र तथा सम्मानपत्र प्रदान गरेकी थिइन् । आँचलको छैठौं वार्षिकोत्सव तथा तेस्रो साधारणसभामा पुरस्कारदाता हरिवंश भेटवाल, मुना अर्याल र प्रकाश लम्सालले बोलेका थिए । कार्यक्रम साहित्यकार मिनप्रसाद लामिछाने, राजकुमार लामिछाने, पुण्यशिला श्रेष्ठ, श्रीराम अधिकारी, पुर्षोत्तम आचार्य, अनिष न्यौपाने (भावन) लगायतले रचना वाचन गरेका थिए
आँचल साहित्य कला पुञ्जकी अध्यक्ष अप्सरा तिम्सिनाको अध्यक्षता तथा सचिव अनिता न्यौपानेको सहजीकरणमा भएको कार्यक्रममा साहित्यिक संस्थाको तर्फबाट गजल मञ्चका अध्यक्ष देवराज तिवारीले मनतव्य व्यक्त गरेका थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।