file photo

व्यावसायी अजय सुमार्गी खाताबाट झिकेको रकम फिर्ता गर्ने विषयमा सर्वोच्च अदालबाट पत्र आएपछि पक्रियाअघि बढाइने नेपाल राष्ट्र बैंकले जनाएको छ । सुमार्गी संचालक रहेको मुक्तिश्री सिमेन्टको उद्योगका नाममा इन्भेस्टमेन्ट बैंकमा रहेको खातामा जम्मा रकम शंकास्पद देखिएकाले उनले निकालेको पैसा फिर्ता गर्ने सर्वोच्चले आदेश दिइसकेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजालसले न्यायाधीश दीपकराज जोशीबाट भएको अन्तरिम आदेश बिहीबारदेखि खारेज गर्दै बैंकबाट सुमार्गीले झिकेको रकम फिर्ता गर्न राष्ट्र र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको थियो । संयुक्त इजलासले सुमार्गीले खातामा जम्मा गराएको रकम शंकास्पद भएकाले सम्पत्ति शुद्धीकरण ऐनअन्तर्गन अनुसन्धान गर्नु पर्ने भनेको छ ।

जोशीले खातामा रहेको रकम रोक्का नगर्न अल्पकालीन अन्तरिम आदेश दिएका बेला सुमार्गीले इन्भेस्टमेन्टबाट पैसा झिकेका थिए । आजको नागरिक दैनिकमा खबर रहेको छ ।


खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।