हेटौंडा,२७, पुस ।
हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा सहित नगर अनुगमन टोलिद्धारा तालिमको अनुगमन कार्यक्रम सम्पन्न भएको छ ।
सिटिईभिटि÷ईन्स्योर (हेल्भटास) प्रोजेक्टको आर्थिक सहयोग तथा क्रीएटिभ स्किल्स प्रालिद्धारा हेटौंडा वडा न ९ मा सञ्चालित प्रोफेसन बिल्डिङ ईलेक्ट्रिसिएन तह दुईको तालिमको उतm टोलीले अनुगमन गरेको हो । उतm अनुगमनको क्रममा उपमेयर लामाले बजारको माग अनुरुप सञ्चालन भईरहेको र यस तालिमलाई निरन्तरता दिन आवश्यक रहेको बताएकी थिईन् । यस्ता खाले उपल्ब्धीमुलक तालिममा उपस्थित प्रशिक्षार्थीहरुलाइृ भविष्यमा स्वरोजगार बन्न चाहेमा नगरपालिकाले सहजीकरण गर्ने समेत लामाले प्रतिवद्धता गरे ।

१० महिने अवधि (१६ सय ९६ घण्टा) को तालिम अनुगमनमा वढा न ९ का वडा अध्यक्ष लक्ष्मण भण्डारी, हे.उ.नपाका कार्यपालिका सदस्य कृष्ण बहादुर राई, रुपा गोले र नगरका सामाजिक विकास अधिकृत भिमप्रसाद तिमल्सिना लगायतको उपस्थिती रहेको थियो ।
तालिममा ३८ जना प्रशिक्षार्थीको सहभागीता रहेको छ । जसमा महिला ८ जना र पुरुष ३० जना रहेका छन् । तालिममा ज्ञानेन्द्र कुमार अधिकारी, मिनु लामा, सन्जय पटेल र मिलन पौडेल प्रशिक्षकको रपमा सहजिकरण गरिरहेका छन् । पहिलो चरणको तालिम गत महिना जेठ १५ गते र दोस्रो चरणको भाद्र १५ गतेदेखि सञ्चालन भएको तालिमका संयोजक युवराज न्यौपाने जानकारी गराए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।