मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे संक्रान्तिको के सम्बन्ध छ रु किन तिलको लड्डु खाइन्छ रु किन खिचडी खाइन्छ ?

माघे संक्रान्तिलाई शास्त्रमा स्नान, दान र ध्यानको महिनाको रुपमा पनि मनाइने गरिने । यस दिन सुर्य उत्तरायण भएर मकर राशीमा प्रवेश गर्छन् । त्यसैले, यस दिन भगवान सुर्यलाई खिचडीको भोग लगाइन्छ । साथमा, तिल तथा गुडबाट बनेका लड्डुका परिकारको भोग चढाइन्छ ।

यस्ता परिकार ठाउँ पिच्छे अलग अलग तरिकाले बनाइने गरिन्छ । माघे संक्रान्तिमा तिल तथा खिचडीको सेवन गर्नुको पछाडि पौराणिक कथन मात्र छैन, वैज्ञानिक कारण पनि छ ।

माघे संक्रान्तिमा तिलको महत्वको पौराणिक आधार ?

माघे संक्रान्तिको एउटा पौराणिक कथा छ । श्रीमद्भागवत तथा श्रीमदेवीभागवत महापूराणमा उल्लेख गरिए अनुसार शनिको आफ्ना पिता सुर्यदेवसित वैमनस्यता थियो । किनकी सुर्यदेवले शनिदेवको माता छायालाई उनको दोश्रो पत्नी संज्ञाको छोरा यमराजसित भेदभाद गर्दै गर्दा देखेका थिए । रुष्ट भएर सुर्यदेवले संज्ञा र उनको छोरा शनिलाई आफूबाट अलग गरिदिए । जसले गर्दा शनिदेव र छायाँले सुर्यदेवलाई कुष्ठ रोगको श्राप दिएका थिए ।

पिता सूर्यदेवलाई कुष्ट रोगबाट पिडित भएको देखेर यमराजले तपस्या गरे । यमराजको तपस्याबाट सुर्यदेव कुष्टरोग मुक्त भए । शनिदेव र छाँयाबाट क्रोधित भई सुर्यदेवले शनिदेवको राशी पनि भनिने ‘कुम्भ’ जलाइदिए । जसले गर्दा शनिदेव र छायालाई निकै कष्ट भोग्नुपर्यो ।

यमराजले आफ्नी सौतेनी आमा र भाई शनिलाई कष्ट भएको देखेर उनीहरुको कल्याणका लागि पिता सुर्यलाई निकै सम्झाए । यमराजले हारगुहार गरेपछि सुर्यदेव शनिको घर कुम्भमा पुगे । कुम्भ राशीमा सबै कुरा जलेका कारण त्यसबेला शनिदेवसित तिलबाहेक अरु केही थिएन । त्यसैले, शनिले आफूसित भएको कालो तिलले नै सुर्यदेवको पुजा आरधना गरे ।

शनिदेवको पुजाबाट खुशी भएर सुर्यदेवले शनिलाई आर्शीवाद दिदै भने, शनीको दोश्रो घर मकर राशीमा जब जब मेरो प्रवेश हुन्छ, म शनीको घर धन र धान्यले भरिपूर्ण गर्छु । तिलको कारण नै शनिदेवलाई आफ्नो वैभव प्राप्त भएको थियो । त्यसैले, शनिदेवलाई तिल प्रिय छ । यही घटना पश्चात्त मकर संक्रान्तिको पावन अवसरमा तिलद्धारा सुर्य तथा शनिको पूरा हुने गर्छ ।

शनिदेवको पूजबाट प्रशन्न भएर नै सुर्यदेवले शनिलाई आर्शीवाद दिएका थिए की, जो कसैले मकर संक्रान्तिका दिन कालो तिलबाट सुर्यको पूजा आरधना गर्छ, उसको सबै प्रकारको कष्ट दूर हुन्छ । त्यही दिनमा मान्यता रहँदै आएको छ , यस दिन तिलले सुर्यको पूजा गर्नाले आरोग्य सुखमा वृद्धि हुनुका साथै शनिको अशुभ प्रभाव हटेर जान्छ ।

तिल र गुडसित जोडिएको वैज्ञानिक आधार

माघे संक्रान्तिको अवसरमा तिल र गुड खानुको वैज्ञानिक आधार छ । विशेषगरी, चिसो मौसममा जब शरीरलाई गर्मीको आवश्यकता पर्छ, तब तिल वा गुडले शरीरलाई गर्मी प्रदान गर्न मद्दत गर्छ । विशेषगरी, तिलमा तेल हुने भएकोले यसको सेवनले शरीरमा तेलको कमी हुन दिदैन, र शरीर तातो हुने गर्छ । यस्तैगरी, गुडले पनि शरीरलाई गर्माहट प्रदान गर्छ । यही विशेषताका कारण पनि माघ महिनाको सुरुवातमा तिल तथा गुडबाट बनेको परिकारको अत्याधिक सेवन हुने गर्छ ।

तिल खानुका फाइदा ?

तिलले उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ । कयौ अनुसन्धानहरुबाट प्राप्त नतिजाले जनाए अनुसार तिलले उच्च रक्तचाप कम गर्नुका साथै मुटु सम्बन्धि रोग कम गर्नमा मद्दत गर्छ । तिलमा रहेको म्याग्नेसियमले मधुमेहको जोखिम समेत कम गर्छ । फाइबर भएका कारण तिलले खाना पचाउने पाचन प्रक्रियालाई दुरुस्त राख्नुका साथै कब्जियतको समस्या कम गर्छ ।

खनिज तत्वले भरिपूर्ण ?

तिल तथा गुडले गर्मी गर्ने हुदाँ यसको सेवनले शरीरमा गर्मी गर्छ । त्यसैले जाडो महिनामा मनाइने माघे संक्रान्तिमा यसबाट बनेको विशेष परिकार बनाइने गरिन्छ । तिलमा कपर, म्याग्नेसियम, ट्राइयोफान, आइरन, म्याग्निज, क्याल्सियम, फास्फोरस, जिंक, भिटामिन बी १ तथा रेशा प्रचुर मात्रामा पाइन्छ ।

एक चौथाई कप वा ३६ ग्राम तिलबाट २०६ क्यालोरी उर्जा प्राप्त हुन्छ । तिलमा एन्टीअक्सिडेन्ट गुण पनि हुन्छ, जसले शरीरलाई व्याक्टेरिया मक्त बनाउँछ ।

माघे संक्रान्तिमा किन बनाइन्छ खिचडी ?

विभिन्न पौराणिक कथाहरुमा उल्लेख भए अनुसार खिचडीको आविष्कार पहिलो पटक शिवको अवतार मानिने गोरखनाथ बाबाले गरेका थिए । जब खिलजीले आक्रमण गर्थे, तब नाथ योगीहरु युद्ध पश्चात्त खाना बनाउने समय हुँदैनथ्यो । यो समस्या देखेर बाबा गोरखनाथले दाल, चामल , तरकारी सबैलाई एउटै भाडोमा राखेर पकाउने सल्लाह दिएका थिए । त्यसरी खाना बनाउँदा जुन व्यञ्जन तयार भयो, त्यो छिटो तयार हुनुका साथै स्वादिलो पनि थियो । त्यतिमात्र हैन, खान सजिलो हुनुका साथै यसले शरीरलाई उर्जा पनि दिन्थ्यो ।

बाबा गोरखनाथले नै यो व्यञ्जनको नामाकरण ‘खिचडी’ गरेका थिए । भन्ने गरिन्छ, त्यो दिन माघे संक्रान्ति नै थियो, जुन दिनदेखि खिचडी बनाउने परम्पराको सुरुवात भएको थियो । भारतको उत्तर प्रदेशमा गोरखपुरस्थित बाबा गोरखनाथको मन्दिरमा माघे संक्रान्तिको दिन खिचडीको मेला लाग्छ ।

खिचडी खानुका फाइदा

माघे संक्रान्तिको अवसर पारेर घरघरमा खिचडी खाने प्रचलन अहिले पनि विद्यमान छ । यसको वैज्ञानिक कारण के हो भने यस समयमा शितलहर चल्ने गर्छ । शीत लहरमा चिसोबाट बच्न तथा शरीरलाई तुरुन्तै उर्जा प्रदान गर्न खिचडीको सेवन निकै लाभदायक मानिन्छ । किनकी यसमा नयाँ चामलको साथमा मुंगको दाल, अदुवा लगायत कयौ प्रकारका सागसब्जीको प्रयोग हुने गर्छ । जसले गर्दा यसले शरीरमा गर्मी पैदा हुन्छ ।

खिचडीले गर्छन्, नयाँ वर्षको स्वागत

माघे संक्रान्तिका दिन नेपालमा खिचडीलाई भोजनका रुपमा खाने चलन छ । नेपाल तथा छिमेकी मुलुक भारतमा चामलको उत्पादन धेरै हुने गर्छ । धेरैले मकर संक्रान्तिलाई नयाँ वर्षको रुपमा पनि मनाउने गर्छन् । जसले गर्दा उनीहरुले माघमा नयाँ चामल खाएर नयाँ वर्षको स्वागत गर्छन् ।
अनलाइनखबरबाट

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।