हेटौंडा,२७ पुस । शुक्रबार साझ हेटौंडा १० बुद्धचोकमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन हेटौंडाद्धारा नेपाल एकीकरणका योद्धाका रुपमा चिनिदै आएका पृथ्वीनारायण शाहको सम्झनामा दिप प्रज्वलन गर्दै २९७ औं पृथ्वी जयन्ती भव्यताका साथ सम्पन्न गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष मधु अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उतm कार्यक्रम सम्पन्न भएको हो । अध्यक्ष अधिकारीले लोकतन्त्रको स्थापनापछि नेपालमा सरकारी तवरबाट पृथ्वी जयन्ती मनाउने प्रथाको अन्त भएकोमा आपत्ति जनाउँदै गोर्खाका तत्कालीन राजा पृथ्वीनारायण शाहले एकीकरणका लागि आफ्नो सम्पूर्ण जीवनकाल नै समर्पण गरेका उनले बताएका थिए ।

५० भन्दा बढी राज्यमा विभाजित बाइसी, चौबिसी राज्यहरुलाई एकत्रित गरी सिंगो नेपाललाई चार जात छत्तीस बर्णको फूलबारीको रुपमा घोषणा गरेका थिए । बिगतमा यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउँदै आइएको भए पनि बिस२०६३ सालपछि गठित सरकारले हटाउने निर्णयनै आपत्ति जनक रहेको उनले गुनासो गरे । पृथ्वीनारायण शाहले निर्माण गरेको राष्ट्रिय अखण्डता, स्वाधीनता आपसि एकता आदि विषयले अहिले पनि उत्तिकै मनन योग्य रहेको अधिकारीले बताँउदै यसलाई सरकारले एक पर्वकै रुपमा मनाउनुपर्ने समेत उनले आग्रह गरेका थिए ।

कार्यक्रममा दीप प्रज्वलन गरि पृथ्वी नारायण शाहको तस्वीरमा माल्यार्पण गरिएको थियो । युवा संगठन नगर अध्यक्ष भृगु कार्कीले पृथ्वी नारायण शाहको योगदान र त्यसको आवश्यकतामाथि प्रकाश पार्दै अर्को बर्ष सम्ममा उक्त दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउन पाउने अपेक्षा गरेका थिए । यस दिनलाई एक पर्वको दिनमा मनाउन विभिन्न निकायमार्फत यसको पहल गरिनुपर्ने कुरामा जोड दिएका थिए । पृथ्वी नारायण शाहको योगदान हाल दिनप्रति दिन बढ्दै गएको र भविष्यमा अझ बढ्दै जाने उनको धारणा रहेको थियो ।
कार्यक्रममा युवा संगठनका अध्यक्ष सुक्रराज प्रजा, उद्योगपति सम्राट सिं लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नगर अध्यक्ष भृगु कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।