२७ पुस । संघीय सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा कटौती गरे पनि राप्रपाले जितेको स्थानीय तहले बिदा दिने निर्यण गरेको छन् ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका, झापाको कचनकवल गाउँपालिका र धादिङको रुबीभ्याली गाउँपालिकामा बिदा दिएको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

राप्रपाका महामन्त्री तथा झापा ३ का प्रतिनिधि सभा सांसद राजेन्द्र लिङदेलले बहुमत प्राप्त गरेका नगरपालिका र गाउँपालिकामा बिदा दिने व्यवस्था मिलाउन पार्टीको केन्द्रीय समितिले निर्देशन दिएको बताए । बाँके, झापा, धादिङका स्थानीय तहको निर्णयले आफूसहित दिन्दु अधिराज्य पक्षधर शक्तिलाई उत्साहित बनाएको उनल प्रतिकृया दिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।