तस्बिर मनिशमान श्रेष्ठ

हेटौँडा,२७ पुस ।
डिप्लोम्याटिक एण्ड इनर्जेटिक स्टुडेन्ट सोसाईटी मकवानपुर बहुमुखी क्याम्पसको पहिलो अधिवेशनले निमेश कटुवालको अध्यक्षतामा कमिटि निर्माण गरेको छ । कमिटिको उपाध्यक्षमा विशाल स्याङ्तान लामा, छोस्याङ लामा तथा अनिश श्रेष्ठ चयन भएका छन् । कमिटिको महासचिव  प्रतिश पौडेल,सचिवमा रोजिना मगर तथा सुमन कार्की चयन हुँदा सहसचिवमा विप्लभ लम्साल, रोहित यादव तथा दिपा क्षेत्री चयन भएका छन् ।

कमिटिले विद्यार्थीको हक अधिकारको लागि काम गर्ने अध्यक्ष कटुवालले बताए । आफुहरुको संगठन कुनैपनि राजनीतिक दलको नभएको समेत उनको भनाई थियो ।
कार्यक्रमको प्रमुख अतिथि रामकृष्ण सिवाकोटी रहेका थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।