हेटौँडा,२७ पुस ।
जिल्ला समन्वय समिति मकवानपुरको वेव साईट http://ddcmakwanpur.gov.np/ मा जिल्लाको परिचयमानै त्रुटी देखिएको छ ।
जिल्लाको परिचय राखिएको संक्षिप्त परिचय खण्डमा मकवानपुरमा हाल ३५ वटा गाविस, एक उपमहानगरपालिका रहेको भनिएको छ । तर मकवानपुरमा हाल १० वटा मात्र स्थानीय तह रहेका छन् ।

मकवानपुरको बारेमा जानकारी राख्नको लागि आम मानिस तथा अन्तराष्ट्रिय क्षेत्रले आधिकारिक वेव साईटनै हेर्ने गर्दछन् । उनीहरुले वेवसाईट हेरेको आधारमा जिल्लाको विषयमा अवधारणा समेत बनाउछन् । तर जिल्ला समन्वय समिति निर्माण भएको एक वर्ष वितिसक्दा समेत वेवसाईटलाई परिमार्जन गरिएको छैन् ।

अर्कोकुरा वेवसाईटमा जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखको तस्बिर राखिएर उनीहरुको बारेमा अध्ययन गर्नुको लागि अनुरोध गरिएको छ । तर अनुरोध गरिएको स्थानमा क्लिक गर्दा पेज खाली मात्र रहेको देखाउछ् ।
नेपाल सरकारलेनै अव सबै कार्यलयहरुलाई पेपरलेस बनाउने अवधारणा सारिसकेको अवस्थामा जिल्ला समन्वय समिति मकवानपुरको वेवसाईट भने त्रुटिनै त्रुटिले भरिदाँ जनताले सहि सूचना कहाँबाट प्राप्त गर्ने ? यो गम्भिर प्रश्नको विषय बनेको छ ।

http://ddcmakwanpur.gov.np/

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।