२६ पुस । हतियारधारी व्यक्तिहरूको समूहले सुडानको बेह राज्यमा पर्ने डुचान र कोलाबिल क्षेत्रमा ४२ जना गोठालाको हत्या गरेको छ ।

आक्रमणमा परी मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन् । अकोबो राज्यका गभर्नर जोहनसन गुनी बिलुले हतियारधारी समूहको आक्रमणमा ७८ जना गोठाला घाइते भएको जानकारी दिए ।

घटना भएको क्षेत्र दशकौँदेखि साम्प्रदायिक तथा जातीय हिंसाबाट प्रभावित हुँदै आएको ठाउँ हो । त्यस क्षेत्रमा बालयौन दुर्ब्यबहार लगायतका अन्य हिंसा पनि हुने गरेको छ ।
-एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।