संसारको पहिलो न्युडिस्ट (नग्न) रेस्टुराँ फेब्रुअरी महिनामा बन्द हुने भएको छ । ग्राहकको कमीका कारण रेस्टुराँ बन्द हुन लागेको हो ।

सन् २०१६ मा पेरिसमा ओनेचुरेल रेस्टुराँलाई जुम्ल्याहा दाजुभाइ माइक र स्टिफन साडाले खोलेका थिए । खाना खाँदा मानिसहरूबीच सम्बन्ध बढोस् भनी रेस्टुराँ खोलिएको थियो । रेस्टुराँमा मानिसहरूलाई अनौठो नग्न अनुभव दिइने दाबी गरिएको थियो ।

रेस्टुराँमा लकर सुविधा थियो । मानिसहरू आफ्नो कपडा र मोबाइल त्यहाँ राख्न पाउँथे । रेस्टुराँमा क्यामरामाथि कडा प्रतिबन्ध लगाइएको थियो । रेस्टुराँमा आउने मानिसलाई चप्पल लगाउन दिइन्थ्यो ।

रेस्टुराँ पुगेका मानिसले एकदमै स्मरणीय अनुभव गरेको बताएका थिए ।

बिस्तारै रेस्टुराँका वेटरले कपडा लगाउन थाले । अनि मानिसहरूले न्युडिस्ट रेस्टुराँको परिभाषा विपरीत भएको भन्दै आपत्ति जनाएका थिए ।

अनौठो अनुभव दिने यो रेस्टुराँ सन् २०१६ को जुन महिनादेखि तीन वर्षसम्म खुलेको हो ।

-एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।