हेटौँडा,२६ पुस । हेटौँडा–१ भैरवडाँडामा भएको मोटरसाइकल दुर्घटना परि निधन भनिएका संचारकर्मी मनोहर ढकालको निधन शंकास्पद देखिएको छ ।

घटनास्थलको अवलोकन गर्दा उनको मृत्यु दुर्घटनाकै कारण नभै हत्या हुनसक्ने आशंका बढेको छ ।
राप्तिपुलबाट भैरवडाँडा पाथीभारा मन्दिर जाने बाट राप्तिखोलातर्फको साहायक पैदलमार्गमा उनको मृत शरिर भेटिएको थियो । खबरब्रेक टिम घटनास्थलमा पुगेर अबलोकन गर्दा दुर्घटनाग्रस्त भनिएको मोटरसाईकल भन्दा निकै तलमात्र उनको शव भेटिएको देखिएको छ । अझ शंका गर्ने ठाउँ उनको ब्याग तथा अन्य सामग्री रहेको स्थान हेर्दा थाहा हुन्छ ।

ढकालको मृत शरिरभन्दा निकै तल उनले भिरेको ब्याग देखिन्छ भने उनको ब्यागमा रहेका सामग्रीहरु समेत यत्रतत्र छरिएर रहेको अवस्थामा रहेको छ । उनको मोवाईल अहिलेसम्म फेला परेको छैन् ।
प्रहरीले प्रहरी निरिक्षक मधुकुमार थापाको कमाण्डमा अहिले कुकुरको प्रयोग गरि अनुसन्धान गरिरहेको छ ।

ना३३प ६३३८ नम्बरको मोटरसाइकलमा खासै टुटफुट नदेखिनु, घटना घटेको स्थलमा मोटरसाईकल स्पिडमा लैजाने सडकमार्ग नहुनुलेपनि सामान्य लडेकै भरमा मृत्यु भएको भन्ने तथ्यलाई गलत प्रमाणित गर्दिन्छ । प्रहरीपनि घटना शंकास्पद देखेपछि अहिले अनुसन्धानमानै रहेको छ ।

उनको शव हेटौँडा अस्पतालमा रहेको छ । पदमपोखरीको पाँचतल्लेस्थित बुद्ध मावि विद्यालयमा अध्यापन गर्ने ढकाल लामो समय रेडियो पालुङ र रेडियो शक्तिमा आवद्ध थिए । हाल उनी रेडियो अनमोलमा आवद्ध थिए ।

हेरौ तस्बिरहरु:

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।