२६ पुस । म्यानचेष्टर सिटी काराबाओ कपको सेमीफाइनलको पहिलो लेगमा विजयी भएको छ ।

घरेलु मैदान इतिहाद रंगशालामा सम्पन्न सेमिफाइनलको पहिलो लेगमा सिटीले बर्टनमाथि ९–० को शानदार जित निकालेको हो ।

सिटीको जितमा गेबरियल जिससले ह्याट्रिकसहित चार गोल गरे भने केभिन डि ब्रुनी, अलेक्जेन्डर जिनचेन्को, फिल फोडेन, काइल वाल्कर र रियाद महरेजले एक–एक गोल गरे ।

यी दुईबीचको दोस्रो लेग आगामी जनवरी २४ हुनेछ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
editor@khabarbreak.com
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।