हेटौँडा,२५ पुस । हेटौँडा–१ भैरवडाँडामा भएको मोटरसाइकल दुर्घटनामा संचारकर्मी मनोहर ढकालको निधन भएको छ ।
राप्तिपुलबाट भैरवडाँडा पाथीभारा मन्दिर जाने सडकमा भएको दुर्घटनामा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक यज्ञप्रसाद भट्टराईले जानकारी दिए ।

ना३३प ६३३८ नम्बरको मोटरसाइकललाई कुनै सवारीले ठक्कर दिएको वा पल्टिएर दुर्घटना भएको एकिन नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

उनको शव हेटौँडा अस्पतालमा रहेको छ । पदमपोखरीको पाँचतल्लेस्थित बुद्ध मावि विद्यालयमा अध्यापन गर्ने ढकाल लामो समय रेडियो पालुङ र रेडियो शक्तिमा आवद्ध थिए । हाल उनी रेडियो अनमोलमा आवद्ध थिए ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।