नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने आबद्ध सिलेट सिक्सरले बंगलादेश प्रिमियर लिग (बीपीएल)मा आफ्नो दोस्रो खेल बुधबार (आज) चिताङगोङ भिकिन्सविरुद्ध खेल्दैछ ।

ढाकास्थित शेरे बंगला राष्ट्रिय रंगशालामा दिउँसो सवा बजे सुरु हुने खेलमा सिक्सर आफ्नो पहिलो जितको खोजीमा रहेको छ ।विश्वका ठूला ट्वान्टी—२० फ्रेन्चाइजमा सहभागिता जनाइसकेका युवा स्पिनर सन्दीपले बीपीएलको पहिलो खेलमा कोमिल्ला भिक्टोरियान्सविरुद्ध उत्कृष्ट बलिङ गरेका थिए । उनले ४ ओभर बलिङ गर्दै १६ रन खर्चेर २ विकेट लिएका थिए ।

अस्ट्रेलियामा रहँदा बिग बासमा मेलबर्न स्टारबाट ४ खेल खेल्दा सन्दीपले ८ विकेट लिएका थिए । जनवरी १ मा बंगलादेश प्रिमियर लिग खेल्न बंगलादेश पुगेका सन्दीप जनवरी अन्तिममा नेपालको तर्फबाट खेल्न यूएई पुग्नेछन् ।

सिलेट सिक्सर प्लेअफमा पुगे उनी पुनः बंगलादेश फर्किनेछन् भने सिलेट सिक्सर समूह चरणबाट बाहिरिए अस्ट्रेलियाको बिग बास खेल्न अस्ट्रेलिया फर्किनेछन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।