कुनै पनि रोमान्टिक सम्बन्धको शुरूआत प्रेमले भरिएको हुन्छ । आफ्नो पार्टनरको सोच आउँदा मात्र पनि प्रायः मानिसको अनुहारमा प्रेमिल मुस्कान आउँछ अनि पार्टनरलाई देख्नेबित्तिकै मुटुको ढुकढुकी बढ्छ । तर कसैसँगको सम्बन्धमा आउने रोमान्टिक भावले दिमागको त्यही भागमा असर पार्छ जसमा कोकेन र गाँजाले बढी प्रभाव पार्छ । एक अध्ययनको प्रतिवेदनमा यो कुराको पुष्टि गरिएको छ ।

स्ट्यानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले अध्ययनमा १५ मानिसलाई समावेश गरे । तिनमा आठ नारी र सात पुरुष थिए । अनुसन्धानकर्ताहरूले सबै १५ जनालाई उनीहरूको पार्टनरको फोटो देखाएर उनीहरूको हातमा हल्का पीडाको अनुभव गराए । त्यससँगै अध्ययनमा संलग्न सबै मानिसको दिमागको एमआरआई परीक्षण गरियो । अनि सबैलाई हत्केलामा भएको पीडाका बारेमा बताइयो ।

अनुसन्धानकर्ताहरूले पाएको परिणामअनुसार, पार्टनरको फोटो देखेपछि मानिसमा पेनकिलर खाएजति नै असर भएको छ । त्यसबाहेक परिणाम के पनि देखियो भने त्यसले दिमागको त्यही भागमा असर पर्छ जुन लागूऔषध लिएपछि हुन्छ ।

अनुसन्धानकर्ताहरूले के पाए भने पार्टनरको फोटो हेर्दा मानिसलाई चर्को पीडाको अनुभव १२ प्रतिशतसम्म कम भयो भने हलुका पीडाको अनुभव ४५ प्रतिशत कम भयो ।

अनुसन्धानकर्ताहरूले यसको गहिराइ बुझ्नका लागि अन्य गतिविधि पनि हेर्ने कोशिश गरे । यसका लागि अनुसन्धानकर्ताहरूले अध्ययनमा संलग्न मानिसहरूलाई सामान्य गणितीय समस्या दिएर उनीहरूको ध्यान पीडाबाट हटाएर त्यो
अनुभवलाई कम गर्ने कोशिश गरे । परिणाममा के देखियो भने ध्यान हटाउँदा मानिसलाई पीडाको कम अनुभव भयो तर त्यसको असर फरक तरिकाले भयो । एजेन्सी

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।