तीन खानले विगत पाँच वर्षदेखि बलिउडमा जमाउँदै आएको कब्जा यो वर्ष तोडिएको छ। पछिल्लो समय तीन खान सलमान, शाहरुख र आमीर खानले बलिउडमा कुनै जादू गर्न सकेका छैनन्।

नयाँ वर्ष २०१९ को सुरुवातदेखि नै बलिउडमा रणवीरको चर्चा थप चुलिएको छ। २०१८ को अन्त्यमा पदर्शनमा आएको उनी अभिनित सिनेमा ‘सिम्बा’ले दुई हप्तामै एक सय ९० करोडभन्दा बढी व्यापार गरेको छ। यो सिनेमा २०१८ मा सबैभन्दा बढी व्यापार गर्ने तेस्रो सिनेमा बनेको छ।

२०१८ मा बलिउडमा सबैभन्दा धेरै कमाइ गर्ने चार सिनेमामा रणवीर अभिनित दुई सिनेमा परेका छन्।

यो वर्ष हिन्दी संस्करणतर्फ ‘सञ्जु’, ‘पद्मावत’, ‘सिम्बा’ र ‘२.०’ले सबैभन्दा बढी कमाइ गरेका थिए। जसमेध्ये पद्मावत र सञ्जुमा रणवीर प्रमुख भूमिकामा छन्। सञ्जुमा रणवीर कपुर र २.० मा रजनीकान्त र अक्षय कुमार प्रमुख भूमिकामा छन्।

रणवीरले पछिल्लो पाँच वर्षदेखि तीन खानले जमाउँदै आएको साम्राज्यको अन्त्य गरेका छन्। २०१० मा आमिरको घुम र शाहरुखको चैन्नइ एक्सप्रेस, २०१४ मा तीनै खानका फिल्मले रेकर्ड राखे भने २०१५ मा सलमानको बजरंगी भाइजान र २०१७ मा आमिरको दंगलले नयाँ रेकर्ड कायम गरेका थिए।तर २०१८ मा तीनै खानका फिल्म असफल भएसँगै उनीहरु शीर्ष ४ मा समेत पर्न सकेनन्।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।