भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पीएम नरेन्द्र मोदी’ को फर्स्ट लुक पोस्टर रिलिज भएको छ। विवेक ओबेरोय नरेन्द्र दामोदर दास मोदीको लुकमा देखिएका छन्।

उनी सकेसम्म प्रधानमन्त्री मोदीको लुकसँग म्याच भएको देखिन्छन्। उनका पछाडि राष्ट्रिय ध्वजा लहराएको देखिन्छ। फिल्मको पञ्चलाइन पनि पोस्टरमा देखाइएको छ।

‘देशभक्ति न मेरा शक्ति’ लेखिएको छ। फिल्मका पोस्टर २३ भाषामा लञ्च गरिएको छ। सन् २०१९ को चुनावअघि यो फिल्म मोदीका लागि मास्टर स्ट्रक सावित हुन सक्छ।

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फणनवीसले फिल्मको फर्स्टलुक पोस्टर लञ्च गरे। विवेक ओबेरोयले फिल्मको पोस्टर ट्वीट गरेर ‘हामीले यो अद्भुत यात्राका लागि तपाईको प्रार्थना र आशिर्वादको कामना गछु।’

ओमंग कुमारको निर्देशन र सुरेश ओबेरोय र सन्दीप सिंहको प्रोडक्सनमा बनेको यो फिल्म चाँडै रिलिज हुने छ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।