हेटौँडा,२४ मंसिर ।
हेटौंडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसमा गठित ‘उदीयमान पत्रकार मञ्च’को अध्यक्षमा स्नातक तह दोस्रो वर्षका रञ्जन कुमार पौडेल चयन भएका छन् । आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीहरुको सहयोगका लागि एक साता अघि गठित मञ्चको तदर्थ समितिले आज सोमबार समितिलाई पुर्णता दिनका लागि अध्यक्ष पौडेलसहित ९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

२ वर्षको कार्यकालका लागि समितिको उपाध्यक्षमा स्नातक तह प्रथम वर्षका एलिश लामा, सचिवमा स्नातक तह दोस्रो वर्षका सुशन लामिछाने, सह–सचिवमा कक्षा–१२ का यमप्रसाद तिमल्सिना, कोषाध्यक्षमा कक्षा–११ का प्रशंसा विश्वकर्मा तथा सदस्यहरुमा स्नातक तह दोस्रो वर्षका बसन्त भट्टराई, स्नातक तह प्रथम वर्षका रामहरी गौतम, कक्षा–११ का प्रतिमा राई र उपेन्द्र पौडेल रहेका छन् । उक्त समितिले आमसञ्चार तथा पत्रकारिता विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यास गर्नका लागि सहयोग गर्ने छ भने २ वर्षपछि नया“ कार्यसमिति निर्माण गरी जिम्मेवारी हस्तान्तरण गरिने अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरुलाई प्रयोगात्मक अभ्यासमा सहयोग गर्नका लागि पहिलो कामको रुपमा मञ्चले चा“डै नै पत्रिका प्रकाशन गर्ने उहा“ले बताउनुभएको छ । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्नुहु“दै प्राध्यापक सुरेश श्रेष्ठले मञ्चले गर्न लागेको कार्य एकदमै प्रशंसायोग्य र क्याम्पसमा आवश्यक रहेको बताउनुभएको छ । मञ्चका सल्लाहकार समेत रहनुभएका प्राध्यापक श्रेष्ठले मञ्चलाई सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । तदर्थ समिति संयोजक रामहरी गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा आमसञ्चार तथा पत्रकारिता विषयका प्राध्यापक सुरेश श्रेष्ठ, रामजी न्यौपाने, मकवानपुर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति कुमार बहादुर केसी लगायतको उपस्थिति रहेको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।