तस्बिर : थाहाखबर

मंसिर २२, २०७५ हेटौँडा : वनभोजका लागि मकवानपुरको मार्खु आउँदै गरेको काठमाडौं शंकरदेव क्याम्पसको बस दुर्घटनामा परेको छ।

इन्द्रसरोबर गाउँपालिका–३ स्थित डोडारे भन्ने स्थानमा बा.३ ख ३१५२ नम्बरको बस दुर्घटना हुँदा चालक विकास श्रेष्ठसहित तीनजना घाइते भएका छन्। घाइते हुनेहरूमा हरिमाया शर्मा, अमितकुमारी चौधरी र कौशिला गिरी रहेको प्रहरी चौकी सिस्नेरीले जनाएको छ। उनीहरूको सिस्नेरी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

थप उपचारका लागि काठमाडौं पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। शंकरदेवको स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरू पर्यटकीय गन्तव्य मार्खुमा वनभोजका लागि आएको प्रहरीले जनाएको छ। बसमा ४० जना विद्यार्थी सवार थिए। के कति कारणले बस दुर्घटना भएको हो भन्ने खुलिनसकेको प्रहरीले बताएको छ।
थाहाखबरबाट

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।