हेटौडा,हेटौडामा जारी हेटौडा भेट्रान्स एट ए साईड राष्ट्रिय फुटबल प्रतियोगिताको फाईनलमा एबिसि भेट्रान्स र बुटवाल भेट्रान्स पुग्न सफल भएका छन ।

आज भएको पहिलो सेमिफाइनल खेलमा हेटौडा भेट्रान्सललाइ बुटवल भेट्रान्सले २ गोल गर्दै बुटवल भेट्रान्स फाईनल प्रबेश गरेको हो । बुटवल भेट्रान्सको तर्फबाट खेलको छैटौं मिनेटमा सोम बहादुर गर्बुजा र खेलको ८ औ मिनेटमा चक्र पुनः ले एक एक गोल गर्दै २—० गोल अन्तर बनाउदै बुटवल भेट्रान्स फाइनल प्रवेश गरेको हो ।

यस्तै आज भएको नाईट किङ्ग कलब काठमाडौं र एबिसि भेट्रान्स पोखरा बिचको क्वाटरफाईनल खेलमा एबिसी भेट्रान्सको तर्फबाट खेलको २१ औ मिनेटमा सन्जय गुरुङले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । यो खेल जितदै एबिसी भेट्रान्स सेमिफाइनलमा प्रवेश भएको थियो । यस्तै आज भएको अर्को सेमिफाइनल खेलमा बगरभाइ खलक पोखरा र एबिसी भेट्रान्स बिच निर्धारित समयमा गोल हुन नसके पछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

ट्राइब्रेकरमा एबिसी पोखराको तर्फबाट मानकाजी गुरुङ्ग र बिजय गुरुङ्गले एक एक गोल गर्दै टिमलाई २—१ को अन्तरमा बिजयी बनाएका थिए । बगरभाइ पोखरको तर्फबाट ईश्वर गुरुङ्गले १ गोल गरेका थिए । शनिवार फाइनल खेल बुटवल भेट्रान्स र एबिसी भेट्रान्स पोखरा बिच दिउँसो १ बजे हुने आयोजकले बताएको छ ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।