हेटौंडा,चीनको सान्यामा मिस वल्र्डको प्रतियोगिता भइरहेको छ । जहाँ नेपाली चेली श्रृंखला खतिवडा प्रतिस्पर्धा गरिरहेकी छिन् ।मिस वल्र्ड प्रतियोगितामा प्रतिस्पर्धा गरिरहेकी खतिवडालाई साथ दिन उनको परिवार र आफन्तसहित नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसद र जिल्ला नेताहरु चीन पुगेका छन् ।

श्रृंखलाका पिता बिरोध खतिवडा नेकपाका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद छन् भने आमा मुनु सिग्देल नेकपा मकवानपुर अध्यक्ष एवं प्रदेशसभा सदस्य हुन् । उनीहरु दुबैजना अहिले चीन पुगेका छन् ।

हेटौंडा उपमहानगरपालिकाकी उपमेयर तथा नेकपा उपसचिव मीना लामा बिहीबार बेइजिङ पुगेकी छिन् ।त्यसैगरी, तत्कालीन एमालेका मकनवानपुर जिल्ला सचिवालय सदस्य मदन दाहालसहित श्रृंखलाका काकाकाकी, मामामाइजू लगायत तत्कालीन एमालेका नेता कार्यकर्ताको करीव ४० जनाको समूह बेइजिङ पुगेको छ ।

श्रृंखलालाई हौसला दिन उनका भाइ पनि अष्ट्रेलियाबाट चीन पुगेका छन् ।मिस वर्ल्डको अन्तिम ३० जनामा छनोट भएकी श्रृंखलालाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्न नेता र परिवारजन त्यसतर्फ गएका हुन् ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।