हेटौँडा,हेटौँडा–६ शान्टोलमा रहेको शान्ति टोल विकास संस्थाको भवन शिलान्यास गरिएको छ । टोल विकासले निर्माण गर्न लागेको संस्थाको भवन एवं प्रतिक्षालयको हेटौँडा वडा नम्बर ६ का अध्यक्ष अर्जुनप्रसाद चौलागाईले उद्घाटन गरेका हुन् ।कार्यक्रममा वडा सदस्य शुभद्रा तिमल्सिना, अनुगमन समितिका संयोजक बासुदेव अधिकारी, संचारकर्मी भीमसेन पौडेल, टोल विकास संस्थाका सचिव भरत सापकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा भवन निर्माण समितिका संयोजक पूर्णभद्र चौलागाईले दुई कोठे पक्की भवन निर्माणका लागि ८ लाख रुपैँया खर्च लाग्ने अनुमान गरिएको जानकारी दिए । उनले यसका लागि विभिन्न व्यक्तित्व एवं संघसंस्थाबाट सहयोग जुटाईने बताए ।कार्यक्रम टोल विकास संस्थाका अध्यक्ष केशव धितालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।