हेटौँडा,२१ मंसिर । चलचित्रकी नायिका तथा सञ्चारकर्मी शोभिता सिम्खडाको उपन्यास “वरङ्गना”को हेटौँडामा “ववरङ्गना यात्रा” कार्यक्रम सम्पन्न भएको छ । लेखक शोभिता सिम्खडा सहितको उपस्थितीमा कार्यक्रम भएको हो ।कार्यक्रममा पुस्तकको विषयमा बोल्दै साहित्यकार सविता तिमल्सीनाले “वरङ्गना” निकै राम्रो उपन्यास भएको बताईन् । “वरङ्गना”ले समाजको चित्रण गरेको उनको भनाई रहेको छ ।

कितावको विषयमा बोल्दै साहित्यकार सुवास खनालले कितवमा नेपाली समाजको जातिय विभेद तथा यसबाट निस्कने असरको विषयमा ब्याख्या गरे ।कार्यक्रममा बोल्दै साहित्यकार शान्तिप्रिय बन्दनाले उपन्यासले नेपाली समाजका महिलामाथि हुने हिंसा, त्यसमाथि पनि जातीय उत्पीडनमा परेकि महिलाको अवस्था र संघर्षको चित्रण गरेको बताए ।

कार्यक्रममा बोल्दै मकवानपुरका अग्रणी साहित्यकार निमेश निखिलले “वरङ्गना”ले साहित्यको क्षेत्रमा नयाँ आयाम थपेको बताए । चलचित्र क्षेत्रमा क्रियाशिल ब्यक्तिले समाजको यथार्त चित्रण गर्न सफल भएको र आउँदो कितावमा अझ उत्कृष्ट विषयहरु समावेस गर्न सकिने बताए ।विश्लेषकहरुले विश्लेषण गरेपछि प्रतिक्रिया दिँदै उपन्यासकार सिम्खडाले आफुले समाजमा देखेको र जानेको विषयलाई उठान गरेको बताए । उनले आफुले यो कितावमा कुनै क्षेत्रलाई भेदभाव नगरि उल्लेख गरेको बताए ।

कार्यक्रममा सञ्चारकर्मी निराजन भण्डारी, विनोद अर्याल लगाएतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रममा चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणीराज गौतम, साहित्य संगमका पुर्व अध्यक्ष आरसी रिजाल, साहित्यकारहरु तुलसी घिमिरे, हयग्रीब आचार्य, देबराज खरेल लगाएतको आतिथ्यता रहेको थियो ।

खबर ब्रेक संवाददाता
खबर ब्रेक संवाददाता
[email protected]
क्रियशन मिडिया एण्ड इमेन्ट म्यानेजमेन्ट प्रालिद्वार सञ्चालित खबरब्रेक डटकम हेटौँडाको पहिलो तथा लोकप्रिय अनलाईन पत्रिका हो ।